आफैँले बनाएको कानुनको विरोध गर्दै छ कांग्रेस

आफैँले बनाएको कानुनको विरोध गर्दै छ कांग्रेस

इलाम :  आफैँले बनाएको कानुनको विरोध गर्दै छ कांग्रेस नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी कांग्रेसले विगतमा आफैँले गरेका निर्णयलाई

अहिले विरोध गरिरहेको आरोप लगाएका छन्। ‘मुलुकी ऐनको मस्यौदा शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको हो’, नेम्वाङले भने,

‘त्यही दस्तावेज पनि कांग्रेले विरोध गरिरहेको छ, यो आश्चर्य कुरा हो।’ बिहिबार बिहान इलाम सदरमुकाममा पार्टी कार्यकर्ता तथा पत्रकारसँग

छलफल गर्दै उनले भने। अहिले नेकपा नेतृत्वको दुईतिहाइको सरकारलाई भत्काउन विपक्षीहरू लागिपरेको बताउँदै नेम्वाङले पार्टीलाई

सुदृढ र सक्षम बनाउन पार्टी दह्रो हुनुपर्ने उल्लेख गरे। नेपालको संविधान ९० प्रतिशत संसद्ले हस्ताक्षर गरेको संविधान रहेकाले यो संसारकै

शक्तिशाली संविधान रहेको नेम्बाङले दाबी गर्नुभयो। ‘हामीले निर्माण गरेको संविधानमा ९० प्रतिशत जनताका प्रतिनिधिले हस्ताक्षर गरे। उनले

थपे, ‘तर, संविधानकै विरोध गर्ने साथीहरू पनि यही संविधानको कानूनअनुसारको शपथ खाएका छन्, अहिले कसैले पनि संविधान नमानेको

छैन।’ नेम्वाङले आफूलाई संसद्को शपथ खुवाउने व्यक्ति नै राजपाका नेता महन्थ ठाकुर रहेको भन्दै अहिले संविधान सबैले स्वीकार

गरिरसकेको जानकारी गराउनुभयो। ‘संविधानको विरोध गर्ने पार्टी राजपा हो। तर, हामीलाई ज्येष्ठ सदस्यको नाताले संसद्को शपथ खुवाउने

मान्छे महन्थ ठाकुरले पनि त यही संविधानलाई टेकेर शपथ खानुभएको थियो’, नेम्बाङले भने। संविधानसभाका पूर्वसभामुखसमेत रहनुभएका

नेम्वाङले संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ लेख्ने व्यक्ति आफू नै रहेको बताए। ‘अहिले साथीहरू नेकपा प्रेस विरोधी हो भन्नहुन्छ, संविधानमा पूर्ण

प्रेस स्वतन्त्रता लेख्ने मै हुँ’, उनले थपे, ‘यदि हामी प्रेस विरोधी थियौँ भने कसरी पूर्ण प्रेस स्वतन्त्रता लेख्थ्यौँ?’

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment