पोखरा– श्रीमतीको हत्या गरी बोरामा फाल्ने एक जना पक्राउ बिहीबार बिहानै श्रीमतीको हत्या गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पोखरा–३२ सुकुम्बासी बस्ती बस्ने ५५ वर्षीय यामबहादुर गुरुङलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

स्थानीयले ‘बूढी मारेर भागेको’ भन्ने सुराकीका आधारमा गुरुङलाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।
‘गुरुङले बिहानै श्रीमतीको हत्या गरी शवलाई बोरामा फालेका थिए,’ उनले भने।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
याे पनि हेर्नुहाेस्
तीव्र गतिमा रहेको डोजर सडकबाट तल खस्दा दुईको मृत्यु
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्