राजधानीका दमकल पनि मेलम्चीको पर्खाइमा

राजधानीका दमकल पनि मेलम्चीको पर्खाइमा

कात्तिक १६, काठमाडौं । 
राजधानीका दमकल पनि मेलम्चीको पर्खाइमा मेलम्चीको पानी राजधानी आएपछि आगलागी नियन्त्रणमा पनि अलि सहज हुने भएको छ ।

जुद्ध शम्शेरले वारुणयन्त्र स्थापनासँगै शहरका विभिन्न स्थानमा पानीका स्रोतका लागि ‘फायर हाइड्रेन्ट’ स्थापना गरेका थिए तर अब्यबस्थित शहरीकरणसँगै त्यस्ता ‘फायर हाइड्रेन्ट’ पनि मासिए ।

‘फायर हाइड्रेन्ट’ मासिए पछि दमकललाई पानी भर्न बालाजु, चुच्चेपाटी लगायत खानेपानी वितरण केन्द्र पुग्न बाध्य हुनुप¥यो ।

पछिल्लो समयमा ठूला अपार्टमेन्टका पानी ट्याङ्कीमा पनि भर पर्नु परिरहेको छ ।

राजधानीमा आगलागी नियन्त्रणमा सहज होस् भनेर मेलम्ची खानेपानी आयोजनाले चक्रपथ भित्र ३५० स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण गर्न शुरु गरेको छ ।

 

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाईका प्रमुख तिरेश खत्रीले घना बस्ती र

आवादीका कारण दिनका दिन आगलागीको जोखिम बढ्दै गएको राजधानीमा

पानी वितरण प्रणाली निर्माण कार्यसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपद् व्यवस्थापनका लागि

सहज र उपयोगी हुने ‘फायर हाइड्रेन्ट’ स्थापनाको कार्यलाई तिब्रता प्रदान गरिएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment