तीन सातापछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनिय सुधार

कात्तिक २१, काठमाडौं । तीन सातापछि प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधवार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।

महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय नवौं जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले लक्ष्मी जयन्तीका अवसरमा गर्न लागेको साहित्यिक कार्यक्रम प्रधानमन्त्रीको स्वास्थ्यलाई ख्याल गर्दै बालुवाटारमै हुन लागेको हो ।

अपरान्ह १ बजे बालुवाटारको हलमा हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी बन्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

गत कात्तिक ६ गते बिरामी परेदेखि प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन् ।

कात्तिक ६ गते उनी विद्युतीय बस शुभारम्भ कार्यक्रममा सहभागी भएका थिए ।

चिकित्सकहरुको सुझाव अनुसार प्रधानमन्त्री अहिले पनि आराम गरिरहेकाले बाहिर निस्कन नसक्ने अधिकारीले बताए ।

ओलीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई धपेडी नगर्न र सकेसम्म बाहिर हुने कार्यक्रममा नजान सुझाव दिएका छन् ।

मान्छेहरुको भेटघाट रोक्नकै लागि चिकित्सकले उनलाई अस्पतालमा राखेर उपचार गरेका थिए ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment