संगीता र जितेनको ‘नजाउ चेली विदेश’ गीत सार्वजनिक (भिडियोसहित)

संगीता र जितेनको ‘नजाउ चेली विदेश’ गीत सार्वजनिक

काठमाडौं ।  संगीता र जितेनको ‘नजाउ चेली विदेश’ गीत सार्वजनिक (भिडियोसहित) विदेशी भूमिमा हजारौं नेपाली चेलीहरू कामदारको रूपमा जाँदा दासी जीवन बिताउन बाध्य छन् । यही वास्तविक घटनालाई गीतको रूपमा उतार्दै ‘नजाउ चेली विदेश’ बोलको गीत सार्वजनिक भएको छ ।

समाजका घटनालाई शब्दमा तिखो प्रहार गर्ने गीतकार संगीता बायुङ राईको शब्द रचना रहेको ‘नजाउ चेली विदेश’ गीतलाई समाजसेवी तथा गायक, संगीतकार जितेन वान्तावाले स्वर तथा संगीत दिएका छन् । यस गीतको एरेञ्ज भने पावल चाम्लिङ राई गरेका छन् । गीत ‘रेकर्ड द स्काइ रेकर्डिङ स्टुडियो’मा भएको हो ।

भिडियोसहित

गीतले बोकेको भावलाई भिडियोमापनि उतारिएको छ । गायक तथा संगीतकार जितेनको कन्सेप्टमा पावल चाम्लिङ राईले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा चर्चित कलाकार सूरवीर पण्डित, शकु शाह र अविनले जीवन्त अभिनय गरेका छन् । फिल्मी शैलीमा प्रस्तुत गरिएको भिडियो अन्तिम सम्म हेर्दा नेपाली चेलीले भोगेको भोगाइलाई जस्ताको तस्तै उतारिएको छ ।

यस गीतका गीतकार संगीता बायुङले सार्वजनिक गीतको बारेमा बोल्दै ‘नेपाली चेलीहरूलाई विदेशी भूमिमा कसैको प्रलोभनमा गरेर कामदारको रूपमा नजान आग्रह समेत गरिन् । त्यस्तै यस गीतका गायक जितेन वान्तावाले यो गीत विदेशी भूमिमा बेचिएका हजारौँ नेपाली चेलीहरू र बेचिन लागेको चेलीहरूका लागी भएको बताए ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment