बढी ब्याज लिने लघुवित्त खारेज गर्ने चेतावनी

बढी-ब्याज-लिने-लघुवित्त-खारेज-गर्ने

काठमाडौं । बढी ब्याज लिने लघुवित्त खारेज गर्ने चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याजदर लिने लघुवित्त संस्थालाई खारेज गर्न सक्ने चेतावनी दिएका छन् ।

शनिबार राजधानीमा आयोजित दोस्रो राष्ट्रिय लघुवित्त सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

लघुवित्तले सहरी क्षेत्रमा पनि ऋणको ब्याजदर उच्च लिएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाएका हुन् ।

 

उनले लघुवित्त तथा संघसंस्थाले सहरी क्षेत्रका मानिसलाई सस्तो दर ऋण दिएको तर ग्रामीण क्षेत्रका मानिसलाई महँगो ब्याजदरमा ऋण

दिने गरेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएका हुन् ।

‘सहरमा पनि १८ प्रतिशत र विकट गाउँमा पनि १८ प्रतिशत ब्याज लिन पाइनेछैन,’ प्रम ओलीले भने ।

लघुवित्तले ऋण दिने गरेको सरकारलाई मान्य नहुने प्रम ओलीको भनाइ थियो ।

विकससित देशमा बढी ब्याज लिने लघुवित्तलाई खारेज गर्ने उदाहरण दिँदै प्रम ओलीले त्यस्तो बताएका हुन् ।

लगानीकर्ताका उल्लेख्य आकर्षण रहेको र बेलाबेलामा लगानीकर्ताले विभिन्न माग राखेको भन्दै उनीहरूको मागलाई भन्दा पनि लक्षित वर्ग अर्थात् गरिब जनतालाई प्राथमिकतामा राख्ने गरेको जानकारी दिए ।

उनले विभिन्न लघुवित्तलाई क्षमताभन्दा बढी ऋण नदिन पनि आग्रह गरेका छन् ।

धेरै ऋण लिए तिर्न गाह्रो पर्ने बताउँदै धेरै ऋण नलिन आग्रह गरेका छन् ।

सोही कार्यक्रममा बोल्दै राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले अहिले लघुवित्तको धेरै दर्ता हुने गरेकाले यसको दर्तामा रोक लगाइएको बताए ।

उनले हाल नेपालभर ६८ वटा लघुवित्त रहेको भन्दै यस्ता ससाना लघुवित्तलाई मर्जर वा एक्विजिसनमा लैजाने प्रक्रिया थाल्ने बताए ।

हाल लघुवित्तहरूले १ खर्ब ४९ अर्ब बराबरको कर्जा प्रवाह गरेको उनको भनाइ थियो ।

साथै खराब कर्जा भने शून्य दशमलव ९४ प्रतिशत मात्रै रहेको उनले बताए । सम्मेलन २ दिनसम्म चल्नेछ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment