धादिङ — मोटरसाईकल दुर्घटनामा एकको मृत्यु पृथ्वीराजमार्ग अन्र्तगत धादिङ जिल्ला थाँक्रे–६, महादेववेशीमा मोटरसाईल दुर्घटना हुंदा ५५ वर्षीय नारायणकाजी भण्डारीको घटनास्थलमै मृत्यु भएको छ
काठमाडौबाट गजुरी तर्फ जादै गरेको मोटरसाइल बा३६प ८३५७ नम्वरको मोटरसाईकलाई धादिङवेंसीवाट काठमाण्डौ आउदै गरेको बा ३ ख
नम्वरको यात्रुवाहक वसले ठक्कर दिदा गजुरी–५, पिडा निवासी ५५ वर्षीय नारायणकाजी भण्डारीको घटनास्थलमा नै मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार उनकी श्रीमती ४१ वर्षीय धनकुमारी भण्डारी घाईते भएको खानीखोलाका प्रहरी निरिक्षक उद्धव पोखररेले बताए ।
ठक्कर दिएर भागेको घटनामा संलग्न बस तथा चालक नारायणकुमार श्रेष्ठलाई गल्छी प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्