श्रम इजाजत लिन अब अनलाइनमै टोकन

श्रम इजाजत लिन अब अनलाइनमै टोकन

१६ मंसिर, काठमाडौं । अब विदेशमा काममा जानका लागि श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त हुने भएको छ ।

श्रम स्वीकृति प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगारको कार्यालय ताहाचलले आइतबारबाट यो प्रणाली सुरु गरेको हो ।

पछिल्लो दिनमा कार्यालयमा सेवाग्राहीको भीड बाक्लो हुँदा सेवा सम्पादन प्रभावित भइरहेको छ ।

त्यसैलाई व्यवस्थापन गर्ने गरी अब अनलाइन फारम भर्दा नै टोकन नम्बर दिन सुरु गरिएको हो ।
नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरणका लागि अनलाइन टोकन अनिवार्य गरिएको छ ।

हाल कार्यालयमा सेवा लिन एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआर्इएमएस)मा अनलाइन आवेदलन भर्नुपर्छ ।

 

अब त्यसमै टोकन नम्बर उल्लेख गर्ने व्यवस्था गरिएको छ ।

अब यसमै तोकिने मिति र समयमा मात्र सेवा ग्राही विभागमा सेवा लिन जान सक्छन् ।

तोकिएको समयमा तोकिएका सेाव ग्राही मात्रै आउादा एकैपटक कार्यालयमा भीड जम्मा नहुने अपेक्षा गरिएको छ ।

अनलाइन टोकन सुरु भएपछि बिचौलियाको चलखेल पनि घट्ने अपेक्षा विभागको छ ।

पछिल्लो समयममा कार्यालय व्यवस्थापनमा पनि ध्यान दिइएको छ ।

परिसरभित्र पिउने पानीको व्यवस्था गरिएको छ भने बस्ने बेन्चहरु थपिएका छन् ।

कार्यालयमा आउने यात्रुलाई बस्न सहज होस् भनेर थप पूर्वाधार निर्माण्को योजना बनाइएको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment