देशभरको मौसम सामान्यतया सफा रहने

देशभरको मौसम सामान्यतया सफा रहने

मंसिर १७, काठमाडौं । देशभरको मौसम सामान्यतया सफा रहने सोमबार देशभरको मौसम सामान्यतया सफा रहने तर उच्च पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

उनले उच्च पहाडी भूभागका केही स्थानमा सामान्य हिमपातको सम्भावना पनि रहेको बताइन् । सोमबार बिहान तराई क्षेत्रमा हुस्सु लागेपनि दिउँसो घाम लाग्ने उनले बताइन् ।

सोमबारराति पश्चिमि र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment