बाँदर कसरी धपाउने भन्ने मिटिङमा बाँदर नै उपस्थित भएपछि

बाँदर कसरी धपाउने भन्ने मिटिङमा बाँदर नै उपस्थित भएपछि

दिक्तेल । बाँदर कसरी धपाउने भन्ने मिटिङमा बाँदर नै उपस्थित भएपछि बाँदरले दिने हैरानी हाम्रा लागि नौलो होइन । हामीकहाँ बाँदरले प्रायः सर्वसाधारण मानिसलाई दु:ख दिइरहेको छ । नेपालका किसानहरू बाँदर आतंकबाट बाली जोगाउन दिनभर खेत कुरेर बस्छन्।

मकै बाली जोगाउन भने झनै समस्या पर्छ। गाउँमा मकै पाक्ने समयमा लिएर बाँदर लखेट्न बाध्य हुन्छन् ।

बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् ।

बाँदरले धेरै नै दु:ख दिने गरेको पाइन्छ ।

स्कुलमा कापी, किताब र कलम समातेर पढ्ने बेला विद्यार्थी भने हातमा लौरो,

गुलेलीगा र ढुंगा लिएर बाँदर धपाउनका लागि बसिरहेका हुन्छन् ।

पर्वतको महाशिला गाउँपालिकाले बाँदरले आतंक मच्चाएपछि नियन्त्रण गर्नका लागि ३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्‍यो ।

लागभक एक महिना अगाडी गाउँपालिकाले भारतबाट विज्ञ बोलाएर २०० बाँदरलाई झ्यालखानामा थुन्याे ।

बाँदर नियन्त्रणका लागि भारतीय नागरिक, स्थानीय र प्रहरी गरी २० जनाको टोली परिचालन गरिएको छ ।

त्यस्तै खोटाङमा पनि बाँदरले धेरै दु: ख दिन थालेपछि खोटाङको सदरमुकाम दिक्तेलमा बाँदर धपाउनका लागि भेला भएका छन् ।

जिल्लाका किसानले खेतबारीमा लगाएको अन्नबाली सखाप बनाई घरघरमै आएर उठिबास लगाउन थापेपछि बाँदर नियन्त्रण गर्न भेला भएका

हुन् । तर रोचक कुरा के हो भने ‘कसरी बाँदर नियन्त्रण गर्न ?’ भन्ने छलफल गर्न भएको भेलामा बाँदर नै उपस्थित भएको छ ।

 

बाँदरले जिल्लाभरि नै दु:ख दिइरहेकाले सबै तहले कुनै न कुनै उपाय खोजिरहेका छन् ।

कुनै गाउँपालिका/नगरपालिकाले बाँदर धपाउनका

लागि बाँदर घाँस रोप्ने भएका छन् त कुनैले बजेट नै विनियोजन गरेर बाँदर धपाउन लागि परेका छन् ।

बाँदर धपाउन ८ लाख विनियोजन

भीमेश्वर नगरपालिकाले बाँदर स्थानान्तरणका लागि ८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नगरभित्र बढ्दै गएका बाँदरलाई ‘मंकी क्याचर’ मार्फत राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्न उक्त रकम छुट्ट्याएको हो ।

बाँदरको अतंक जंगल छेउका प्राय: सबै वडामा छ ।

जंगल छेउका खेतीपाती सखाप पारेको गुनासाले भरिएका निवेदन धेरै आएका छन् ।

नगरको पश्चिमी बोचस्थित बाह्रकुच्चेका २५ परिवारले त बस्ती नै छाडे ।

बाँदर रोक्न ‘बाँदर घाँस’

बाँदरले अचाक्ली दु:ख दिन थालेपछि तामाकोसी गाउँपालिकाले ‘बाँदर घाँस’ रोप्ने नीति लिएको छ ।

पहिलो चरणमा भीरकोटमा ‘मोलासेस’ जातको घाँस रोपेर बाँदरको क्षति रोकथाम गरिएको हो ।

‘बाँदर घाँस’ रोपेपछि बाँदरको बिगबिगी घटेको भीरकोटवासीले बताएका छन् ।

मोलासेस जातको घाँसमा बाँदरलाई मन नपर्ने गन्ध आउने, बोट बाक्लो हुने, पातमा झुस आउने र च्यापच्याप लाग्ने तेलजस्तो पदार्थ निस्कने

भएकाले बाँदर यसको वरिपरि नै जाँदैन । यो घाँसबाट निस्कने झुस शरीरमा टाँसिएपछि निकाल्न नसकिने भएकाले बाँदर टाढैबाट फर्किने

गरेको गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले बताए ।

 

गोठालाको व्यवस्था

कालिञ्चोक गाउँपालिकामा बाँदरबाट खेती जोगाउन गोठाला व्यवस्था गरिएको छ । गाउँपालिका अध्यक्ष विनकुमार थामीले गाउँलेले गर्दै

आएको तरिकाअनुसार बाँदर धपाउन हेरालुका लागि बजेट विनियोजन गर्ने बताए ।

 

मेलुङ गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ पनि बाँदरको क्षतिपूर्तिबारेका निवेदन अध्ययन गरिरहेको र उपाय खोजिरहेको बताउँछन् ।

‘पहिला–पहिला गौंडामा बाँदर मारेर झुन्ड्याएपछि बाली खान आउँदैन थिए,’ विगु गाउँपालिका अध्यक्ष युधृष्ट खड्काका अनुसार गौरी शंकर

संरक्षण क्षेत्र हुनुपूर्व बाँदर मारेर झुन्ड्याइन्थ्यो । संरक्षण क्षेत्र बनेपछि मार्न नपाइने नीति बन्यो । त्यसपछि झनै बढेका बाँदर र अन्य जंगली

जनावरका कारण बिगुस्थित बुलुङका धेरै जमिन बाँझै छन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment