बागलुङमा कोदो फलाउने किसानलार्इ पुरस्कार

बागलुङमा कोदो फलाउने किसानलार्इ पुरस्कार

१७ मङ्सिर, बागलुङ ।  बागलुङमा कोदो फलाउने किसानलार्इ पुरस्कार कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ ।

‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो ।

यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ ।

सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख वजेट छुट्याएको छ ।

आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए ।

उनका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् ।नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ ।

‘वैज्ञानिक हिसाबले रकम बाँड्छौँ’ नगरप्रमुख नेपालीले भने, ‘बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् ।

’ खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ ।

कार्यपालिका बसेर पुरस्कार वितरणको आधार र कार्यविधि तय गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए ।

गाउँको जग्गा बाँझिदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । ‘बसाइँसराइ बढ्दो छ, खेती घट्दै छ’, उनले भने, ‘परम्परागत खेती जोगाउन सानो प्रयास थालेका हौँ ।’

मानिसले कोदोका परिकारमा रुचि देखाउन थालेकाले मकै, कोदोजस्ता बाली संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

स्वस्थ शरीरका लागि कोदोका परिकार उत्तम मानिने हुँदा शहरी क्षेत्रमा पनि माग छ ।

नगरपालिकाले कोदो खेती गर्ने किसानलाई उन्नत बीउ, मल, कृषियन्त्र पनि उपलब्ध गराउनेछ ।

किसानले पुरस्कार रकम कोदो बाली प्रवर्धनमै खर्च गर्नुपर्नेछ ।

पछिल्लो समय कोदो बालीको उत्पादन घट्दै गएको छ ।

अन्य बालीको तुलनामा उत्पादन कम हुने र लागत बढी लाग्ने हुँदा कोदोमा किसानको आकर्षण घटेको हो ।

कोदोबाट रोटी, ढिँडोजस्ता परिकार बनाइन्छ ।

उच्च पहाडी र मध्यपहाडी क्षेत्रमा कोदो खेती गरिन्छ ।

तराईका कतिपय जिल्लामा समेत कोदो खेती गर्न थालिएको छ ।

परम्परागत बाली संरक्षणमा नगरपालिकाको गरेको पहलप्रति किसान खुशी छन् ।

कृषिमा अनुदान बढाउनुपर्ने र यान्त्रीकीकरणमा सघाउनुपर्ने किसानको माग छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment