एकान्तकुनामा मोटरसाइकल दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु

एकान्तकुनामा मोटरसाइकल दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु

१७ मंसिर, काठमाडौं ।  एकान्तकुनामा मोटरसाइकल दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु ललितपुरको एकान्तकुनामा मोटरसाइकल दुर्घटना हुँदा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको दुर्घटनामा मृत्यु भएको हो ।

कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे एकान्तकुनामा दुर्घटना भएको थियो ।

सडकमा लडिरहेको अवस्थामा भेटिएका कँडेललाई बा १६ च ६८०२ नम्बरको कार चालकले अल्का अस्पताल जावलाखेल पुर्‍याएका थिए ।

उनको उपचारको क्रममा गएराति १० बजे मृत्यु भएको थियो ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment