सडकमा सुतेर हत्या, हिंसा, बलात्कारको विरोध

सडकमा सुतेर हत्या, हिंसा, बलात्कारको विरोध

बागलुङ, १७ मंसिर । सडकमा सुतेर हत्या, हिंसा, बलात्कारको विरोध देशमा दिन प्रतिदिन हत्या हिंसा बलात्कारका घटनाहरु बढ्दै गएका छन् ।

तर यस प्रति सरकार भने मौन देखिएको छ ।

गत साउन ११ गते कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो ।

यस घटनाका आरोपीलाई पक्राउ गर्न मानसिक सन्तुलन गुमेका व्यक्तिलाई हिरासतमा राख्ने देखि प्रहरीका उच्च पदस्थ व्यक्तिहरु समेत

परे । तर अझै सम्म घटनाको दोषीलाई प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

२०७१ साल भदौ १२ गते महिलाहरुको महान पर्व हरितालिका तिजका दिन माइत गएर घर फर्कदैँ गरेकी बागलुङकी रुपा गौतमको धारिलो

हतियार प्रहार गरी हत्या भयो । तर अहिले सम्म यस घटनाको दोषीलाई पनि प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

यी दुवै घटनामा प्रहरीले ९९ प्रतिशत दोषी पत्ता लगाएर छाडेको बताइन्छ ।

दिन प्रति दिन महिलामाथि बढ्दै गएको हिंसाका विरुद्धमा बागलुङका महिलाहरु चिसो सडकमा सुतेर विरोध गरेका छन् ।

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानका अवसरमा नेपाल महिला संघ, नेपाल टे«ड युनियन र महिला

समिति बागलुङले निर्मला पन्त, रुपा गौतम र काठमाण्डौमा बिभत्सरुपयमा हत्या गरिएका बुर्तिबाङ्गका संगीना जिसीका हत्यारालाई कारबाही गर्न माग गर्दै लोकतान्त्रीक चोक स्थित सडकमा सुतेर विरोध प्रर्दशन गरिएको हो । ।

हत्यारालाई कारवाही गर, हत्या हिंसा बन्द गर, ‘सरकार भेटियो, न्याय भेटिएन’ लगायतका नारा सहित १५ मिनेट चिसो सडकमा सुतेर विरोध जनाएका थिए ।

कार्यक्रममा महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्यले महिलाहरु कुनै पनि स्थानमा सुरक्षित नभएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न माग गरिन् । हत्या हिंसा बलात्कार लगायतका घटनामा सरकार जिम्मेवार नदेखिएको भन्दै हत्यामा संलग्नलाई पत्ता लगाई तत्काल कारबाही

हुनुपर्नेमा महिलाहरुले जोड दिएका छन् ।

आगामी दिनमा अन्य महिला तथा बालिका बलात्कार र हत्या जस्तो जघन्य अपराधको शिकार बन्न नपोरोस भनेर खवरदारी स्वरुप सडकमा सुतेर बिरोध जनाएको उनीहरुले बताएका छन्

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment