मंसिर १८ गते, मंगलबार : आजको राशिफल वि.सं. २०७५ साल मंसिर १८ गते। मंगलबार। इश्वी सन् २०१८ डिसेम्बर ४ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर।
दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– द्वादशी, १३:०३ बजेउप्रान्त त्रयोदशी।
नक्षत्र– स्वाती, २८:१० बजेउप्रान्त विशाखा। योग– शोभन, २५:३८ बजेउप्रान्त अतिगण्ड।
करण– तैतिल, १३:०३ बजेदेखि गर, २४:३८ बजेउप्रान्त वणिज। आनन्दादिमा ध्वज योग।
चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ०५ पला। प्रदोष व्रत।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
पार्टनरमा सफलता मिल्नेछ । प्यारोसाथी संग भेट होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।
आकस्मिक धन लाभ हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।
महिला वा मित्रबाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इच्छा र आकाङ्क्षा पूर्ण होला । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।
विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मित्रबाट सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सौन्दर्यतामा धन खर्च हुनेछ ।
मानसिक चिन्ता वढ्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साँझमा पैशा खर्च हुने योगछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ कार्यको थालनी होला ।
राजनीतिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । प्यारोस साथी संग भेट हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य सम्पादनमा सहजता मिल्नेछ ।
चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुको भर पर्दा धोका पाइनेछ ।
सम्पत्ती राउने वा नष्ट होला । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल