जनकपुरधाम क्षेत्रको सरसफाईका लागि झाडू लिएर सफाइमा उत्रिए मुख्यमन्त्री

जनकपुरधाम क्षेत्रको सरसफाईका लागि झाडू लिएर सफाइमा उत्रिए मुख्यमन्त्री

जनकपुरधाम । जनकपुरधाम क्षेत्रको सरसफाईका लागि झाडू लिएर सफाइमा उत्रिए मुख्यमन्त्री जनकपुरधाम क्षेत्रको सरसफाई कार्यक्रममा प्रदेश नम्बार दुईका मुख्यमन्त्री सहभागी भएका छन् ।

विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरमा हुने रामजानकी विवाह महोत्सवका लागि गरिएकाे बृहत सरसफाइ कार्यक्रममा मुख्यमन्त्री

लालबाबु राउत आफैं झाडू लिएर खटिएका हुन् ।

मुख्यमन्त्री राउतसँगै मन्त्रीहरुको समेत सहभागिता थियो । बाह्रविघा रंगभूमि मैदान, जनकी मन्दिर, राम मन्दिर, रामनन्द चोक लगायतका

स्थानमा सफाइ गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, विद्यार्थी, सामाजिक संघसंस्थाका साथै सुरक्षा निकायको पनि सफाइ

कार्यक्रममा सक्रिय सहभागिता थियो ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री एवं गोरखपुरस्थित गोरखनाथ पीठका मठाधीश आदित्यनाथ योगी जन्तीमा सामेल हुनेप्रार्थी भई सीताराम

विवाह पञ्चमी महामहोत्सव मूल समारोह समितिले जनाएकाे छ ।

 

रामसीताको स्वयंवर मङ्सिर २६ गते दिउँसो १ बजे र शुभ विवाह यसै दिन साँझ ६ बजे गर्ने लग्न तय भएको छ । गुठी संस्थानका उपप्रशासक

एवं प्रवक्ता सरोज थपलियाका अनुसार नगर दर्शन २१ गते साँझ ४ बजे, फूलवारी लिला २२ गते दिउँसो ३ बजे, धनुषयज्ञ २३ गते अपराह्न ४ बजे

र तिलक महोत्सव २४ गते १ बजे र २५ गते मटिकोर सकिएपछि २६ गते स्वयंवर र त्यसै साँझ विवाह भई २७ गते रामकलेवा सम्पन्न गरी विवाह

उत्सव मनाइने तय भएको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment