सांसदलाई डेरा पाउनै कठिन, मन्त्रीका लागि घरैघर

सांसदलाई डेरा पाउनै कठिन, मन्त्रीका लागि घरैघर

काठमाडौं । सांसदलाई डेरा पाउनै कठिन, मन्त्रीका लागि घरैघर सांसद आवसका लागि राज्यले बर्सेनि ६ करोड रुपैयाँ खर्च गरिरहेछ ।

तर, सरकार सांसद आवास भवन भनेर छुट्याईको १ सय ४९ रोपनी ४ आना जग्गा मासेर मन्त्रीहरुका लागि घर ठड्याउने तयारीमा छ ।

मन्त्रीहरु बस्दै आएको आवासलाई भने भत्काएर राजकीय अतिथि गृह बनाउन खोजिँदै छ ।

संघीय समाजवादी फोरमकी समानुपातिक सांसद कलुदेवी विकले २१ गते संसद् बैठकको विशेष समयमा भनिन्, ‘सबैभन्दा बढी छुवाछुत काठमाडौंमा रहेछ ।

हामीले एक महिना भयो कोठा पाएका छैनौँ । छुवाछुतको भेदभाव हुनेछैन भनेर संसद्मा सुनिरहेका छौँ ।

काठमाडौंमै यस्तो छ भने गाउँ गाउँमा के होला ?’ उनले दलित शब्द नै हटाउन आग्रह गरिन् ।

भनिन्, हामी दलित होईनौँ, शिल्पी हौँ । यो विषयमा त्यसपछि केहि दिन सदनमा चर्चा भयो ।

भैँसेपाटीमा सांसद आवास बनाउन संसद् सचिवालयको नाममा रहेको १ सय ४९ रोपनी चार आना जग्गामा आवस बनाउनुपर्नेमा सरकार र संघीय संसदका

पदाधिकारीबीच छलफलसमेत भयो । छलफलमै सिमित भयो । याे खबर आजको कान्तिपुर दैनिकमा छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment