संघीयता कार्यान्वनय पछि पहिलो पटक अन्तर प्रदेश परिषद्को बैठक सुरु

संघीयता कार्यान्वनय पछि पहिलो पटक अन्तर प्रदेश परिषद्को बैठक सुरु

काठमाडाै‌ ।  संघीयता कार्यान्वनय पछि पहिलो पटक अन्तर प्रदेश परिषद्को बैठक सुरु आज अन्तरप्रदेश परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा संघ र प्रदेशबीचको समन्वयमा जोड दिइने बताइएको छ । मुलुकमा संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयमा आएपछि भए गरेका काम कारवाहीको समीक्षाका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सङ्घीय शासन प्रणाली अवलम्बनका क्रममा भए गरेका काम कारवाहीको विषयमा समीक्षा हुने जानकारी दिए । बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भए गरेका कामका बारेमा जानकारी गराउने कार्यक्रम छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा युवराज खतिवडा सहभागी हुनेछन् । सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशको काम कारवाही र समस्याका बारेमा जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेपालको संविधानको धारा २३४ ले अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ । संघ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो । बैठकमा संघीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई कसरी समन्वय गर्ने र कसरी नजिता निकाल्ने विषयमा समेत छलफल केन्द्रित हुनेछ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment