नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो

काठमाडौ :  नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घन्टा ढिलो नेपाल वायुसेवा निगमको आइतबार विहानको दुवई–काठमाडौं उडान ४ घण्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रूकै विचल्ली भएको छ ।

दुवईको स्थानीय समयअनुसार विहान ४ बजे उडान भरी ९ : ४० मा काठमाडौँमा

अवतरण गर्नुपर्ने थियो तर निगमको लापरवाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौं ओर्लिएको थियो ।

हवाई उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा (जिप्सन चार्ट) काठमाडौँबाटै लैजान बिर्सिएकाले तोकिएको

समयभन्दा ४ घण्टापछि उडान भएको हो ।उक्त विमानबाट यात्रारत एक यात्रुका अनुसार निगमको केन्द्रीय कार्यलय काठमाडौंबाट सो चार्ट

स्क्यान गरेर पठाइएपछि कर्मचारीको आग्रहमा दुवई विमानस्थलले उडान अनुमति दिएको थियो । यो खबर नेपाल समाचारपत्र राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

ती यात्रुले निगमको विमानप्रति आफूहरूको आत्मीयता रहेको बताउँदै भने– यही आत्मीयताले निगमको विमानबाट यात्रा गदै आएका छौं तर

निगमका कर्मचारीले व्यावस्थापनमा ध्यान नदिदा हामीले नै हैरानी भोग्नुपरेको छ ।

निगमको उडान नम्वर २३० न्यारो वडि ए३३२०–२०० दुवैबाट काठमाडौं आउने विमान निर्धारित समयभन्दा ४ घण्टा पछि उडाइएको छ ।

निगमले यात्रुलाई २ घण्टा विमानमै राखी पछि टेक्नीकल समस्या आएपछि ओरालेको थियो ।

उतारिएको ठाउँमा खाना, वासको व्यवस्था गरिएको थिएन । विमानमा १ सय ४० यात्रु सवार थिए ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment