अचम्मकाे परम्परा : ६४ वटा बोका दाँतले टाेकी-टाेकी मारिन्छ

अचम्मकाे परम्परा : ६४ वटा बोका दाँतले टाेकी-टाेकी मारिन्छ

डोटी । अचम्मकाे परम्परा : ६४ वटा बोका दाँतले टाेकी-टाेकी मारिन्छ सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटा सम्म बोका काट्ने परम्परा बिद्यमान छ ।

त्यसलाई स्थानियले दैवी शक्ति र परम्पराका रुपमा लिने गरेका छन् ।

प्रत्येक तीन–तीन वर्षमा यसरी बोकाको बलि चढाए गाउँमा जंगली जनावर,

भुत प्रेत, बाढी पहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास रहेकाे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका ६ गीरीचौकामा जिउँदा ६४ ओटासम्म बोका हरेक तीन–तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा

छ । आङमा देउता चढेको भन्दै एक जना झाँक्रिले ६४ वटा सम्म जिउँदा बोका दाँतले टोकेर मार्ने परम्परा अहिले सम्म कायमै रहेको छ ।

यसरी बोका काट्ने झाँक्रीलाई ‘डुणाबाघ’ नाम दिइन्छ ।

झाँक्रिले बली चढाएको बोका आफ्नो दाँतले टोक्दै दुई टुक्रा बनाउने गर्छन यसलाई त्यहाँका स्थानीयले दैवीय शक्तिका रुपमा निरन्तरता दिई

आएको स्थानिय दिपक खड्काले बताउनु भयो ।

बाघकै शैलीमा दाँतले बोका काट्दा पहिलो बोका स्वयं देउता काप्ने व्यक्तिले ल्याउँछन् ।

अन्य बोका गाउँका अन्य स्थानिय तथा भाकल गर्ने व्यक्तिले चढाउने प्रचलन छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment