काठमाडौं ।मनोरोगी महिला समेत बलात्कारको शिकार, न बलात्कारी चिन्छन् न जन्मेका सन्तान। न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३१२ औं एपिसोड हो ।
कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
कार्यक्रमको आजको विशेष एपिसोडमा विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
कार्यक्रमको आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः
१. सुधारगृहका पूर्व कर्मचारी सुदिप ढुंगानाका अन्य करामत पनि हेर्नुहोस् ! (फलोअप)
काठमाडौं । सुकेधारास्थित ट्रान्सफरमेशन नेपाल प्रा.लि. नामक सुधारगृहमा बस्नेहरुसँग सञ्चालकले अमानविय कार्य गर्दै आएको हामीले
देखायौं । जिल्ला प्रशासन कार्यालयका कमचारीहरुले उक्त सुधारगृह निमय अनुसार चलेको भनेर अनुगमन रिपोर्ट पेस गरेपछि प्रहरीसहित अनुगमन गराएपछि २१ जनाका उद्धार भएको थियो ।
२१ जनाको उद्धारपछि थप एक किशोर माथि सुधार गृहका पूर्व कर्मचारी सुदिप ढुङ्गानाले दुव्र्यवहार गरेको खुलेको छ
काठमाडौंका एक १४ बर्षीय किशोरलाई उनले यौन शोषण गरेको पीडित युवाले बताएका छन् ।
२. ‘न्यानो काख’-मानसिक सन्तुलन गुमाएका महिला र बालबालिकाको स्याहार घर !
काठमाडौं । समाजमा सबै मानिस सधै एउटै अवस्था हुँदैन । आज ठीक मानिस अर्को दिन समस्या पर्न सक्छ, मानिसक सन्तुलन गुम्न सक्छ ।
कतिका परिवारले रेखदेख गरी उपचार गर्छन भने मानिसक सन्तुलन गुमाउने अधिकांश सडकमा बेवारिशे हुन्छन् ।
सडकमा बेवारिशे हुनेहरु प्रति सायदैको ध्यान जान्छन् ।
तर लुभुकी श्री नेहा पोखरेल र उनको टिमले सडकमा कोही बेवारिशे अवस्थामा भेटियो भने मन थाम्न सक्दैनन् ।
बाल्यकाल देखिनै सडकमा मानसिक सन्तुलन गुमाएर बेवारिशे बनेकाहरुलाइ सहयोग गर्ने श्री नेहा र उनको टिमले अहिले धेरै व्यक्तिको उद्धार र उपचार गराएका छन् ।
३. कहिले होला त श्रम अनुमति लिन सहज
काठमाडौं । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वकृति सहज वितरणका लागि टोकन सिस्टम लागु गरे पनि सर्वसाधारणको समस्या जस्ताको तेस्तै छ ।
पर्वतको पाङका दुर्गाबहादुर चन्दरा ३ दिनदेखि श्रम कार्यालय धाए ।
श्रमका कर्मचारीहरुले कहिले के मिलेन कहिले के मिलने भनि उनको काम गरिदिएन्न ।
यो भन्दा अघि पनि ३ पटक विदेशमा काम गरेर फर्केका उनको श्रमकै कारण प्लेन छुटेपछि हाम्रो कार्यालय आए ।