भारतका पाँच राज्यमा चुनाव : भाजपालाई धक्का

भारतका पाँच राज्यमा चुनाव : भाजपालाई धक्का

नयाँदिल्ली — भारतका पाँच राज्यमा चुनाव : भाजपालाई धक्का आगामी वर्ष हुने केन्द्रीय संसद् (लोकसभा) को चुनावको ‘सेमिफाइनल’ का रूपमा हेरिएको पाँचवटा प्रदेश चुनावमा भारतको सत्ताधारी दल भारतीय जता पार्टी (भाजपा) ले नराम्रो धक्का व्यहोरेको छ ।

राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यको विधानसभा चुनावको पछिल्लो मतपरिणामलाई हेर्दा भाजपाले निराशाजनक नतिजा हात पार्ने निश्चित देखिएको छ ।

पाँच राज्यमध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाकै सरकार थियो । यी तीनै राज्यमा उसले नमिठो हार व्यहोरेको छ ।

मध्यप्रदेश र छत्तीसगढको परिणामले भने भाजपाका लागि ठूलो झड्का ठानिएको छ ।

भाजपा नेतृत्व मध्यप्रदेशमा कंग्रेसले कडा टक्कर दिने भए पनि सरकारको नेतृत्व गर्न पाउनेमा ढुक्क देखिन्थ्यो ।

मुख्यमन्त्री शिवराज सिंह चौहान राज्यमा लोकप्रियरहेको हुँदा केही असन्तुष्टिका बाबजुद सरकार
बनाउनेमा भाजपा नेतृत्व निश्चिन्त थियो ।

त्यसमाथि मायावती नेतृत्वको बहुजन समाजवादी पार्टीलेकंग्रेससँग चुनावी समीकरण नगरेपछि भाजपा थप उत्साही बनेको थियो ।

तर, मंगलबारको परिणामले भाजपाको ती सबै आकलनलाई गलत सावित गरेको छ ।

परिणामस्वरूप पन्ध्र वर्षपछि कंग्रेसले मध्यप्रदेशको नेतृत्व भाजपाबाट छिनेको छ ।

पाँच वर्षअघि २३० मध्ये १६५ सिट जितेको भाजपा यस पटक भने १०९ सिटमा सीमित भएको छ ।

मध्यप्रदेशमा भाजपाको हारका पछाडि विशेषगरी नोटबन्दी, जीएसटी, कृषकहरूले व्यहोर्नुपरेको सास्तीलगायतलाई कारण ठानिएको छ ।

त्यस अतिरिक्त राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भने एन्टीइन्कम्बेन्सी फ्याक्टर पनि हारका लागि जिम्मेवार रहेको राजनीतिक विश्लेषकहरूले दाबी गरेका छन् ।

साथै प्रदेश सरकारको नेतृत्व र आमजनताबीच आवश्यक संवाद नहुनु पनि धक्काको कारण रहेको बुझाइ छ ।

त्यसैगरी विगत पन्ध्र वर्षदेखि छत्तीसगढमा सरकारको नेतृत्व गर्दै आएको भाजपा चुनाव जित्नेमा ढुक्क देखिन्थ्यो ।

मुख्यमन्त्री रमण सिंहको कार्यकाल सन्तोषजनक नै ठानिएको थियो ।

मतगणनाअघिका सर्वेक्षणहरूले पनि छत्तीसगढमा भाजपा पुन: दोहोरिन सक्ने सम्भावना देखाएका थिए ।

तर मतगणनाको अन्तिम नतिजा सबैलाई चकित पार्ने खालको रह्यो ।

कांग्रेसले कुल ९० सिटको प्रदेशसभामा ६८ सिटसहित बहुमत हात पारेको छ ।

जबकि सत्ताधारी भाजपा १६ सिटमै सीमित छ । पाँच वर्षअघि भाजपाले ४९ सिटसहित सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो ।

राजस्थानको परिणाम त अपेक्षित नै ठानिएको छ ।

यहाँ २०० सिटमा चुनाव भएकोमा कंग्रेसले ९९ सिटमा जित हात पारेको छ भने भाजपा ७३ सिटमा सीमित छ ।

बहुजन समाजवादी पार्टीले तीन सिटमा जित हासिल गरेको हुँदा प्रस्ट बहुमत नभए पनि कंग्रेस नेतृत्वमा सरकार बन्ने निश्चित छ ।

जबकि पाँच वर्षअघि भाजपाले १६३ सिटमा जित हासिल गरेको थियो ।

राजस्थानमा केन्द्र सरकारका नोटबन्दी र जीएसटी लागू गर्ने निर्णयभन्दा पनि मुख्यमन्त्री बसुन्धरा राजेविरुद्ध पार्टीभित्रै व्यापक असन्तुष्टि हुनु र राज्यमा बनेको जातीय राजनीतिक समीकरणलाई भाजपाको हारका लागि प्रमुख कारण ठानिएको छ ।

मुख्यमन्त्री राजेविरुद्ध कार्यकर्तासँग सम्पर्कमा नरहेको लगायत आरोपसमेत थियो ।

त्यस अतिरिक्त अघिल्लो चुनावमा साथ दिएको राजपुत समुदाय यस पटक राजेविरुद्ध उत्रिनुलाई पनि भाजपाको हारका लागि जिम्मेवार

ठानिएको छ । विपक्षी भारतीय राष्ट्रिय कंग्रेसको विगतमा जस्तो प्रदेश नेतृत्वमा विवाद नहुनु, तल्लोतहसम्म संगठन परिचालन बलियो हुनु पनि भाजपा हारको कारण बन्न पुग्यो ।

दक्षिणी भारतीय राज्य तेलंगानामा भने सत्ताधारी दल टीआरएसले भारी बहुमत हासिल गरेको छ ।

राज्यको कुल ११९ विधानसभा सिटमध्ये मुख्यमन्त्री केसीआर राव नेतृत्वको टीआरएस गठबन्धन ८८ सिटमा विजयी भएको छ । कंग्रेस र तेलगुदेशम पार्टी गठबन्धनले १९ सिट जितेको छ ।

अघिल्लो चुनावमा पाँच सिट जितेको भाजपा एक सिटमा सीमित भएको छ ।

राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा ऐतिहासिक जित हात पारेको कंग्रेसले मिजोरममा भने नमिठो हार व्यहोरेको छ ।

४० सिटको मिजोरम विधानसभामा कंग्रेस ५ सिटमा सीमित भएको छ । त्यहाँ मिजोरम नेसनल फ्रन्टले २६ सिटसहित बहुमत हासिल गरेको छ ।

भाजपाको हारका पछाडि केन्द्रीय सरकारले पछिल्लो साढे चार वर्षमा लिएका नीति र प्रदेश सरकार सञ्चालनमा रहेका कमीकमजोरी प्रमुख

रूपमा जिम्मेवार ठानिएका छन् । त्यस्तै भाजपाले चुनावताका दिएको धार्मिक अतिवाद नाराविरुद्धको अभिमतसमेत भनेका छन् ।

उसले विशेषगरी मध्यप्रदेश र राजस्थानमा अयोध्यामा राम मन्दिर निर्माणलगायत धार्मिक मुद्दालाई बढी उचालेको थियो ।

मतदातालाई धार्मिक मुद्दा ध्रुबीकृत गर्न सकिन्छ भन्ने आकलनसहित भाजपाले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पछिल्लो निर्वाचनमा प्रमुख प्रचारकका रूपमा परिचालन गरेको थियो ।

योगी एक्लैले चार राज्यका ७४ वटा चुनावी सभालाई सम्बोधन गरेका थिए ।

जबकि प्रधानमन्त्री मोदीले ४३ वटा सभालाई मात्र सम्बोधन गर्न भ्याएका थिए ।

योगीले प्राय: सबैजसो चुनावी सभामा हिन्दुत्व, राम मन्दिरलगायत मुद्दालाई जोडतोडका साथ उठाएका थिए ।

त्यसबाहेक पछिल्लो पाँच वर्षमा केन्द्रदेखि प्रदेशसम्म पूर्वाधार निर्माण र भ्रष्टाचार न्यूनीकरणका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको दाबी

गरिएको थियो । विपक्षीहरूले भने रफाल लडाकु खरिद प्रकरण, किसानका समस्या, बेरोजगारी, नोटबन्दी, जीएसटीलाई प्रमुख चुनावी मुद्दाका रूपमा अघि सारेका थिए ।

नतिजाले भारतीय मतदाताको चासो राम मन्दिर निर्माणलगायत हिन्दुत्वको राजनीतिमा भन्दा पूर्वाधार, बेरोजगारी, महँगी, बजार भाउजस्ता

मुद्दामा बढी रहेको देखाएको छ । चार वर्षअघि सत्तामा आएको भाजपाले देखाएको राजनीतिक असहिष्णुतालाई पनि उसको हारको कारण ठान्नेहरू पनि प्रशस्त छन् ।

विपक्षी भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धीले ‘कांग्रेसमाथि ठूलो जिम्मेवारी आएको बताएका छन् ।

’ उनले टिवटरमा लेखेका छन्, ‘हामी अब राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा त्यस्तो सरकार दिनेछौं, जसमा त्यहाँका किसान र युवाले गर्व गर्नेछन् ।’

कंग्रेस प्रवक्ता सन्जय झाले भाजपाको हिन्दुत्वको नाराविरुद्ध कांग्रेसले किसानका समस्या, बेरोजगारी, दलित र अल्पसंख्यकले भोगेका

समस्याहरूलाई चुनावी मुद्दा बनाएका कारण विजय हासिल गरेको बताए । ‘भ्रष्टाचार र संस्थागत हमलाका विरुद्धपन हो ।

भाजपाले हिन्दुत्वको मुद्दा उचाल्यो । सबै मुद्दाहरूलाई धार्मिक रंग दिने प्रयास गर्‍यो ।

उसको अतिवादविरुद्ध जनताले प्रकट गरेको अभिमत हो,’ झाले भने ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment