बालबालिका अझै त्रिपालको टहरामा, २६ करोडको जस्ता खिया लागेर सड्दै

बालबालिका अझै त्रिपालको टहरामा, २६ करोडको जस्ता खिया लागेर सड्दै

मंसिर २७, काठमाडौं । बालबालिका अझै त्रिपालको टहरामा, २६ करोडको जस्ता खिया लागेर सड्दै भूकम्प गएको साढे तीन वर्ष भइसक्यो। तर, क्षतिग्रस्त सामुदायिक विद्यालयका लागि सरकारले भारतबाट झिकाएको करोडौँ मूल्यका जस्तापाता वीरगञ्जमै अलपत्र छन्।

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राजधानीलगायत पहाडी क्षेत्रका धेरै विद्यालयले उता पुनर्निर्माण पर्खिरहेका छन्

। तर वीरगञ्जमा रोकिएका जस्तापातामा खिया लागिसकेको छ ।

सरकारको निर्देशनमा साल्ट टे«डिङ कर्पोरेशनले भारतको कोलकतास्थित जिन्दल कम्पनीबाट २६ करोड ६ लाख रुपैयाँ मूल्यको ३० लाख

२२ हजार ६ सय ६२ केजी जस्तापाता आयात गरेको थियो।

वीरगञ्जको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालयको चौरमै साढे तीन वर्षदेखि जस्तापाता थुपारिएका छन्।

जस्ता मगाएपछि सरकारले कुनै चासो नदेखाउँदा जस्तापाता त्यत्तिकै थन्किएका कर्पोरेशनका वीरगञ्ज प्रमुख अमोज लामिछानेले बताए।

जस्तापाता खिया लागेर सड्दै गए पनि सम्बन्धित निकायले चासो दिएको छैन।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment