३० वर्षदेखि तुइन तान्दातान्दै घिर्नीले च्यापेर हातका दशवटै औँला बांगिए पछि

३० वर्षदेखि तुइन तान्दातान्दै घिर्नीले च्यापेर हातका दशवटै औँला बांगिए पछि

धादिङ । ३० वर्षदेखि तुइन तान्दातान्दै घिर्नीले च्यापेर हातका दशवटै औँला बांगिए पछि धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् ।

तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका छन् ।

बाबुछोरा तुइनछेउमै रहेको पाटीमा बस्छन् ।तुइनको घिर्नीले च्यापेर सुकबहादुरका हातका दशवटै औँला बांगिएका छन् ।

तैपनि, रोजगारीको सवाल भएकाले उनी पुल नबनोस् र तुइनमा काम गर्न पाइयोस् भन्नेमा छन् । पुल बने रोजगारी खोसिने उनको चिन्ता छ ।

हातले तुइन सार्दा बारम्बार फलामको टुक्राले काट्ने गरेको उनी बताउँछन् ।

‘तुइनबाट खोला तर्दा फलामका टुक्राले धेरैपटक हात काटेको छ, जाडोमा त धेरै दुख्छ,’ उनले भने ।

खवर आजको नयाँ पत्रिका दैनिकमा छ ।धादिङको चरौँदीस्थित साबिकको गाविस भवनसँगै रहेको तुइन अघिल्लो वर्ष नै विस्थापित

गरिसक्नुपर्ने थियो । तर, एक वर्ष ढिला भइसक्दा पनि निर्माण कार्यले गति लिएको छैन । त्रिशूली नदीमाथि रहेको तुइनको दायाँ किनारा

गोरखाको घ्याल्चोक र बायाँ किनारा धादिङमा पर्छ । तुइनको छेवैमा तरकारी संकलन केन्द्र छ । त्यहाँ घ्याल्चोकलगायत आसपासका किसान

दैनिक तुइन तरेर तरकारी बिक्री गर्न आउने गर्छन् ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment