२७ मंसिर, काठमडौं । च्याम्पियन्स लिगः बायर्न समूह विजेता बन्दा अजाक्स उपविजेता च्याम्पियन्स लिग फुटबलको समूह ‘ई’ बाट बायर्न म्युनिख समूह विजेता बन्दा अजाक्स उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा बायर्नले अजाक्ससँग ३–३ गोलको बराबरी खेल्दै समूह विजेता बनेको हो ।
निकै तनाबग्रस्त खेलमा दुई क्लबका खेलाडीले फरक फरक समयमा रातो कार्ड खादै मैदान छाडेका थिए
खेलको ६७औं मिनेटमा म्याक्सिमिलियन ओबेरले रातो कार्ड खादै मैदान छाडेपछि अजाक्स १० जना खेलाडीमा सीमित भएका थिए ।
तर खेलको ७५औं मिनेटमा थोमस मुलरले पनि रातो कार्ड खाएपछि बायर्न पनि १० खेलाडीमा झरेको थियो ।
६ खेलबाट १४ अंक बनाएको बायर्न समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै, अजाक्सले ६ खेलबाट १२ अंक बनाउँदै प्रिक्वाटरफाइनलमा उपविजेता बनेर पुगेको हो ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्