टाउकोमा ढुंगाले हानेर बेहोस बनाई बलात्कार

टाउकोमा ढुंगाले हानेर बेहोस बनाई बलात्कार

काठर माडौं । टाउकोमा ढुंगाले हानेर बेहोस बनाई बलात्काएक वर्षअघि ललितपुरको गोदावरीमा भएको सामुहिक बलात्कार घटनाका तीन आरोपी पक्राउ परेका छन् ।

अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर गोदावरीबाटै पक्राउ परेका हुन् ।

नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उनीहरु घटनापछि केही समय भारतमा लुकेर गाउँ फर्किएको पाइएको छ ।

उनीहरुले कार्यालयबाट साँझ फर्कँदै गरेकी युवतीलाई उनीहरुले टाउकोमा हिर्काएर बेहोस बनाइ बलात्कार गरेका थिए ।

पीडित भोलिपल्ट बिहान तोरीबारीमा बेहोस भेटिएकी थिइन् ।

घटनाको एकसातापछि तीनैजना पक्राउ परेका थिए ।

तर अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै अघिल्लो वर्ष पुस २६ गते उनीहरुलाई छाड्न आदेश दिएको थियो ।

उच्च अदालतमा पीडितका परिवारले मुद्दा दायर गरेपछि पीडकहरुलाई थुनामा राख्न आदेश दिएपछि तीनैजना फरार थिए ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment