कर्णालीमा हिमपात, कष्टकर जनजीवन

कर्णालीमा हिमपात, कष्टकर जनजीवन

काठमाडौं । कर्णालीमा हिमपात, कष्टकर जनजीवन कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च भेगमा हिमपात भएको छ ।

हिमपातपछि जनजीवन कष्टकर बनेको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

दुई दिनदेखि हुम्लामा घाम नलाग्दा न्युनतम तापक्रम माइनस ९ मा पुगेको छ ।

यस्तै, कालिकोटमा माइनस पाँच, जुम्लामा माइनस चारसम्म तापक्रम पुगेको छ । डोल्पाको भोट क्षेत्रमा पनि हिमपात भएको छ ।

अत्यधिक जाडो बढेको छ । धारामा पानी थाप्नसमेत तातोपानी प्रयोग गर्नु परेको छ ।

बालबालिका, महिला, जेष्ठ नागरिक अत्यधिक प्रभावित भएका छन् ।

कालीकोटका ९० प्रतिशत भूभागमा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment