भारी वर्षा पछि आएको बाढीका कारण १३ जनाको ज्यान गयो

भारी वर्षा पछि आएको बाढीका कारण १३ जनाको ज्यान गयो

हनोइ – भारी वर्षा पछि आएको बाढीका कारण १३ जनाको ज्यान गयो भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ ।

मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई बगाएर लगेको र तीमध्ये १३ जनाको शव भेटिएको तथा एकजना अझै बेपत्ता रहेको समितिले जनाएको

छ । सो बाढीले करिब १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली डुबाएको छ । त्यसैगरी करिब एक लाख ६३ हजार थान पशुपक्षी बगाएको छ ।

समितिका अनुसार बाढीबाट करिब १२८ किलोमिटर सडकका साथै सिंचाई प्रणालीमा पनि क्षति पुगेको छ । भियतनाममा यसवर्ष आएको बाढी, पहिरो, भारी वर्षा तथा

आँधीका कारण कम्तीमा एकसय ८९ जनाको ज्यान गइसकेको छ । भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार यस वर्षको ११ महिनामा प्राकृतिक

प्रकोपका कारण करिब ३९ करोड १३ लाख अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment