अत्यन्तै चर्चित बालगायक अशोक दर्जीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक (भिडियोसहित) अत्यन्तै चर्चित बालगायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ ।
अशोक दर्जी, टंक बुढाथोकी र एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत बिहीबार सार्वजनिक भएको हो ।
गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।
यस्तै गीतमा अनुप दास र सञ्जीव सुब्बाले गितार बजाएका छन् भने धनबहादुरले सनाई, तथा नगेन्द्र राईले बा“सुरी बजाएका छन् ।
यस्तै गीतको भिडियोमा अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।
भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् ।भिडियोमा सौरभ लामाको सिनमाटोग्राफी र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
अत्यन्तै चर्चित बालगायक अशोक दर्जीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक (भिडियोसहित)