सचेत रहनुस्-अफिसमा आफ्नो सहकर्मीसँग यस्ता कुरा कहिल्यै नगर्नुस्

सचेत रहनुस्-अफिसमा आफ्नो सहकर्मीसँग यस्ता कुरा कहिल्यै नगर्नुस्

काठमाडौं । सचेत रहनुस्-अफिसमा आफ्नो सहकर्मीसँग यस्ता कुरा  नगर्नुस् कहिल्यैहामी आफ्नो वर्कप्लेस अर्थात कार्यालयको कार्यकक्षमा सधै सतर्क रहन जरुरी हुन्छ ।

आफ्नो काममा सधै फोकस गर्नुपर्छ, भने आफ्नो सहकर्मीहरुसँग कुन कुरा गर्नु हुन्छ र कुन कुरा गर्नु हुन्न भन्ने विषयमा सधै सचेत रहनुपर्छ ।

आफूले काम गर्ने ठाउँमा आफ्नो ब्यवहारलाई पनि नर्मल बनाई राख्नुपर्छ ।

हामीले विवादित विषयमा आफ्नो वर्क प्लेस (अफिस)मा कुराकानी गर्दा तपाईको छविमा नकारात्मक पैदा हुनसक्छ ।

यसै कारण हामीले आफूले काम गर्ने ठाउँमा यस्तो विवादित विषयमा हुने कुराकानीबाट सतर्क रहनुपर्छ ।
कुन कुन विषयबाट सतर्क रहनुपर्छ ?

धार्मिक तर्कः आफ्नो काम गर्ने ठाउँमा धार्मिक विश्वासमा हुने चर्चाबाट सँधै बच्नुपर्छ ।

यसका साथै कुनै पनि धर्मको नराम्रो पक्षमा बादविवाद गर्नबाट सँधै टाढा रहनुपर्छ । कुनै पनि धर्म र धर्मको विषयलाई लिएर बोल्नुपूर्व धेरै सोच्नु पर्छ ।

 

राजनीतिक बहसः सबै काम गर्ने मानिसहरु एउटै राजनीतिक धारका हुदैनन् ।

विभिन्न राजनीतिक पार्टीमा संलग्न हुनुका साथै आस्था राख्दै आएका हुन्छन् ।

यसै कारण आफूले काम गर्ने ठाउँमा राजनीतिक वादविवाद गर्नु तपाईको लागि गलत सावित हुनसक्छ ।

यसै कारण हाम्रो छविमा पनि असर पर्न सक्छ । त्यसैले आफूले मन पर्ने राजनीतिक पार्टी राम्रो र अन्य पार्टीको नराम्रो भन्ने विषयमा कुराकानी गर्नबाट पनि सँधै टाढा बस्नुपर्छ ।

निजी जीवनः केही मानिस यस्ता पनि हुन्छन् कि जसले अफिसमा आफ्नो व्यक्तिगत लाइफको चर्चाबाट गर्छन् ।

तपाइले आफ्नो व्यक्तिगत कुरा सँधै आफ्नै घरमा मात्रै गर्नु आवश्यक छ ।

यदि तपाई हामीले आफ्नो व्यक्तिगत कुरा काम गर्ने अफिसमा गरियो भने अन्य सहकर्मी साथीहरुलाई नकारात्मक असर गर्नसक्छ ।

यसै कारण हामीले आफ्नो निजी जीवनको बारेमा आफ्नो अफिसमा कुरा गर्नुहुन्न ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment