काठमाडौं । कांग्रेस महासमिति बैठक आजदेखि : अाज नाम दर्ता र स्वागत कार्यक्रम, भाेलि उद्घाटन नेपाली कांग्रेसको बहुप्रतिक्षित महासमिति बैठक आज शुक्रबारदेखि काठमाडाैँमा शुरु हुदैछ ।
कांग्रेसका विद्यमान विधान संशोधनलार्इ मुख्य एजेण्डाका रुपमा राखिएकाे महासमिति बैठकका लागि देशभरिबाट कांग्रेस नेताहरु काठमाडाैमा भेला भइसकेका छन् ।
अाजदेखि पुस ३ गते सम्म चल्ने उक्त बैठकमा अन्य ४ वटा दस्तावेज पनि पेश गरिन लागेकाे स्राेतले जनाएकाे छ ।
बैठक अाज सुरु भए पनि अाैपचारिक उद्घाटन भने भोलि शनिबार मात्रै हुने बताइएकाे छ ।
आज दिउँसाे पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा नाम दर्ता तथा स्वागतको कार्यक्रम राखिएको छ ।
उद्घाटन कार्यक्रम भने शनिबार ११ बजे रामशाहपथस्थित यगम्बर पार्टी प्यालेसमा तय भएकाे जनाइएकाे छ ।
रामशाहपथमा उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटन शत्रपछि बन्दशत्र सञ्चालन हुने र पुष ३ गतेसम्म महत्वपूर्ण छलफल हुने जनाइएकाे छ ।
बन्दशत्रमा महामन्त्री एवं विधान मस्यौदा समितिका संयोजक पुर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी अर्का महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज प्रस्तुत गर्ने, उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज तथा सह-महामन्त्री डा.
प्रकाशसरण महतले कांग्रेसको समग्र आर्थिक नीतिबारे प्रतिवेदन,
कोषध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने लगायतका कार्यक्रम रहेका छन् ।