दाङमा आगलागी हुँदा एकै घरका तीनको मृत्यु

दाङमा आगलागी हुँदा एकै घरका तीनको मृत्यु

लमही ।दाङमा आगलागी हुँदा एकै घरका तीनको मृत्यु दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ ।

फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।

बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार,

पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

पुनको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराज र उहाँकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला ब्याट्री पड्किएर आगलागी

भएको प्रहरीको अनुमान छ । हाँसीपुर प्रहरीचौकी र स्थानीयवासीको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट घरमा रहेका सामानका साथै सात गाई र चार बाख्रासमेत जलेर नष्ट भएका छन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment