मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु, ७२ जना अस्पताल भर्ना भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।कर्नाटक प्रहरीका अनुसार ७२ जना बिरामीलाई अस्पताल भर्ना गरिएको छ भने ११ जनाको अवस्था गम्भीर छ ।
फ्यांकिएको प्रसाद सेवन गरेका काग समेत मरेको प्रहरीले जनाएको छ ।
प्रसाद ग्रहण गरे लगत्तै पेट दुख्ने र बान्ता हुन सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले घटनास्थलबाट खानेकुराको नमुना परीक्षणका लागि पठाएको छ भने मन्दिर प्रशासनका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
खानेकुरामा विषादी मिसाइएको हुनसक्ने प्रहरीको आशंका छ ।
कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही पाँच लाख रुपैयाँ राहत दिने घोषणा
गरेका छन् ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्