अमेरिकामा पनि नेपाली असुरक्षित, परिवारको बिचल्ली

अमेरिकामा पनि नेपाली असुरक्षित, परिवारको बिचल्ली

न्युयोर्क । अमेरिकामा पनि नेपाली असुरक्षित, परिवारको बिचल्ली केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको सुनोको ग्यास स्टेसनमा कार्यारत ४० बर्षीया रेशम बजगाइँको हत्या भयो ।
लुटेराहरुको समहुले टाउकोमा धारिलो हयितार प्रहार गरी बजगाइँको हत्या गरेका थिए ।

६ बर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो ।

भर्जिनिया घटनाको महिना दिन नबित्दै ओक्लोहमा राज्यको एक ग्यास स्टेसनमा कार्यरत रचना श्रेष्ठमाथि गोली प्रहार भयो ।

स्थानीय बाडिज ह्यान्डी मार्ट ग्यास स्टेसनमा दिउँसो सवा १२ बजे काला जातिका एक लुटेरा आएर अन्धाधुन्ध बन्दुक चलाउँदा श्रेष्ठमाथि आठ गोली लाग्यो ।

पिठ्युँ, पाखुरा, गाला, पेट, कम्मर र मुटुको तल्लो भागमा गोली लागेकी उनी उपचारपछि घर फर्किएकी छिन् ।

साढे दुइ बर्षको छोरा र श्रीमानसहित् उनी पनि ११ महिनाअघि मात्रै अमेरिका आएकी थिइन् ।

परिवारको सुनौलो भविष्यको सपना बोकेर अमेरिका हानिएकाहरु हिंसामा परेका उदाहरण धेरै छन् ।

यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकले लेखेको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment