चितवन । स्कुल नभएछि तीन कक्षा पास गरी तीनमै पढ्दै प्रदीप चेपाङ प्रदीप चेपाङले तीन कक्षा पास गरिसके तर चार कक्षा पुगेका छैनन् । अहिले पनि तीन कक्षामै पढ्छन् ।
पुरानै किताब सुमसुम्याउँछन् ।
इच्छाकामना गाउँपालिका २, भोटेगाउँ । यहाँको राष्ट्रिय आधारभूत विद्यालयबाट ३ कक्षा पास गर्ने कमैले उपल्लो कक्षा पढ्न पाउँछन् ।
पढ्नै परे २ घन्टा पैदल धाउनुपर्छ ।
खोला तर्नुपर्छ । जंगल छिचोल्नुपर्छ । प्रदीपका साथीले स्कुल टाढा भएकैले पढाइ छाडे । उनको चाहिँ रत्तिभर मोह घटेको छैन ।
त्यसैले बेला–बेला पुरानै स्कुल छिर्छन् । पुरानै कक्षा पस्छन् । अनि पुरानै किताब पढ्छन् ।
‘नआऊ भन्न भएन, आउँछन् पुरानै कुरा पढ्छन् । यो यहाँको बाध्यता हो,’ प्रधानाध्यापक नीमबहादुर बुढाथोकीले भने ।
भोटेगाउँको स्कुलमा शिशुदेखि कक्षा ३ सम्म पढाइ हुन्छ । कक्षा ४ पढाउने विद्यालय नजिक छैन ।
काउलेको जनप्रिय मावि पुग्नुपर्छ । ‘यहाँ भोटेगाउँका मात्रै हैन हपनी, मायाटार, हुर्केस, बाँसपुर, मैतेस, फैदल, थापाथली र धादिङको कोटबाट
विद्यार्थी आउँछन्,’ जनप्रियका प्रधानाध्यापक नेत्रबहादुर अधिकारीले बताएको खबर आजको कान्तिपु दैनिकमा छ ।