पहिलो ‘द भ्वाइस अफ नेपाल’ को उपाधि सीडी विजय अधिकारीलाई

पहिलो ‘द भ्वाइस अफ नेपाल’ को उपाधि सीडी विजय अधिकारीलाई

मंसिर २९, काठमाडौं । पहिलो ‘द भ्वाइस अफ नेपाल’ को उपाधि सीडीय विज अधिकारीलाई चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् ।

शुक्रबार कतारको सनैयामा रहेको एमपी थिएटरमा सम्पन्न ग्राण्ड फिनालेमा सर्वाधिक भोटको आधारमा अधिकारीले उपाधि जितेका हुन् ।

प्रतियोगितामा चारजना प्रशिक्षकको प्रत्येक टिमबाट अन्तिममा एक एक जना टप ४ मा पुगेका थिए । टप ४ मा टिम दीपबाट सीडी विजय

अधिकारी, टिम अभयाबाट कुशल आचार्य, टिम सनुपबाट सप्तक दुतराज र टिम प्रमोदबाट श्रीजय थपलिया पुगेका थिए ।

 

‘द भ्वाइस अफ नेपाल’को विजेता भएसँगै अधिकारीले २५ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

साथै उनले रेनोको कार, वर्ल्ड टुर र २० लाख बराबरको एल्बम सम्झौता पनि प्राप्त गरेका छन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment