बागलुङका तीन सडकलाई चार करोड बजेट बिनियोजन

बागलुङका तीन सडकलाई चार करोड बजेट बिनियोजन

बागलुङ, २९ मंसिर –  बागलुङका तीन सडकलाई चार करोड बजेट बिनियोजन जिल्लाका तिन रणनीतिक सडक स्तरोन्नतीका लागि चार करोड रुपैयाँ बजेट बिनियोजन भएको छ ।

भौतिक पुर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट बिनियोजन गरेको हो ।

जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने बागलुङ कुश्मीशेरा, बरेङ शान्तिपुर सडकको लागि दुई करोड रुपैयाँ बजेट बिनियोजन भएकोे छ ।

काठेखोला गाउँपालिकाको बिहुँ अछेतेदेखी म्याग्दीको सिम सम्मको सडकका लागि १ करोड रुपैयाँ र बागलुङ, चापाखर्क, बरेङ सडक

खण्डको लागि १ करोड रुपैयाँ बिनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले बजेट ल्याउने बेला एकमुष्ट बजेट राखेर

सांसदहरुमार्फत आएका योजनाका आधारमा अर्थ मन्त्रालयले बजेट बिनियोजन गरेको हो । तिनै सडकको स्तरोन्नतीका लागि बिनियोाजन

भएको बजेटलाई तत्काल कार्यान्वयनमा ल्याउन पहल थालिएको प्रतिनिधिसभा सदस्य डा. सुर्य पाठकले जानकारी दिए ।

सरकारले बिनयोजन गरेको बजेटका बिषयमा चासो राखेर सम्बन्धित क्षेत्रमा काम गर्न पाठकले सर्वसाधारणलाई आग्रह समेत गरे ।

स्थानीय सरकारहरुले समेत बजेटको व्यवस्था गरेर स्तरोन्नतीको काम गरिरहेका सडकहरुमा केन्द्र सरकारले बजेट दिएर सम्बोधन गरेको

भन्दै पाठकले स्थानीय सरकारसँग समन्वय गरेर स्तरोन्नतीको काम गरिने बताए । बजेट सक्नकै लागि काम गर्ने परिपाटीको अन्त्य गर्दै

जनताको सहजताका आधारमा सडकको स्तरोन्नती गरिने पाठकले जानकारी दिए । रणनीतिक सडकको रुपमा बजेट बिनियोजन भएका

सडकहरुलाई बहुबर्षे कार्यक्रममा समाबेश गर्न अर्थ मन्त्रालयसँग आग्रह गरिएको सांसद पाठकले बताए ।

तिनवटै सडक सर्वसाधरणको प्रत्यक्ष जनजिविकासँग जोडिएका सडक भएकाले बहुबर्षे योजना बनाएर स्तरोन्नतीको काम थाल्न भनिएको

पाठकले बताए । जिल्लाको क्षेत्र नं १ मा पर्ने तिनै सडकको स्तरोन्नतीको लागि अर्थमन्त्रालयले छुट्टाएको बजेटको बिषयमा जानकारी आएको

भएपनि क्षेत्र नं. २ का रणनीतिक सडकको बिषयमा भने कुनै जानकारी बाहिर आएको छन् । क्षेत्र नं २ बाट निर्वाचित सांसद देवेन्द्र पौडेल

भ्रमणको शिलशिलामा संयुक्त राज्य अमेरिकामा रहेकाले जानकारी आउन ढिलाई भएको हो । जिल्लाका केही समानुपातिक सांसदहरुले

योजनामा समावेश गरेका सडकहरुमा समेत बजेट बिनियोजन भएको भएपनि कुुन सडकमा के कति बजेट बिनियोजन भयो भन्ने बिषयमा जानकारी आएको छैन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment