ए डिभिजन लिग : अाज एपीएफ र मछिन्द्र आमने-सामने

ए डिभिजन लिग : अाज एपीएफ र मछिन्द्र आमने-सामने

काठमाडाैँ । ए डिभिजन लिग : अाज एपीएफ र मछिन्द्र आमने-सामने शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछ ।

आज विभागी क्लब एपीएफ र मछिन्द्र आमने सामने हुनेछन् ।

आजको खेलमा एपीएफ जित निकाल्दै नवौं स्थानमा उक्लने प्रयासमा रहेको छ भने लिगमा बराबरी गर्दै ३ अंक जोडेको मछिन्द्र पहिलो

जितको खोजिमा हुनेछ । अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लब र च्यासल युथ क्लब भिड्ने छन् ।

मनाङ जारी लिगमा अपराजित रहेकाले लिगको प्रमुख दावेदार टिम आजको खेलमा जित निकाल्दै तालिकामा ३ अंकको दूरी बढाउने प्रयासमा हुने छ ।

अहिले २४ अंक सहित शीर्ष स्थानमा रहँदा समान अंक भएको संकटा क्लब गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ ।

च्यासल भने १३ अंक सहित सातौं स्थानमा रहेको छ । उसले अहिले सम्म चार खेल जित्दा एक खेल बराबरी गरेको छ ।

च्यासलले एनआरटी माथि ५–१ को जित निकाल्दा हिमालयन शेर्पालाई २–१ ले पाखा लगाएको थियो

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment