पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

पुस ३,काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ ।

कलेजोको क्यान्सरको उपचार गराइरहेका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनका श्रीमती सराह गिरीले

जानकारी दिर्ए । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गरेका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित थिए ।

विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रुपमा काम गरेका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा

मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गरेका थिए । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि

गरिने श्रीमती गिरीले जानकारी दिए । उनका श्रीमती, दुई छोरा र चार छोरी छन ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment