काठमाडौंलाई हराउँदै ललितपुर ईपीएलको फाइनलमा

काठमाडौंलाई हराउँदै ललितपुर ईपीएलको फाइनलमा

काठमाडौं, ३ पुष। काठमाडौंलाई हराउँदै ललितपुर ईपीएलको फाइनलमा ललितपुर प्याट्रियोट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा प्रवेश गरेको छ । आज (मंगलबार) कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं किंग्स–११ लाई १ विकेटले पराजित गर्दै ललितपुरले फाइनलमा स्थान बनाएको हो ।

काठमाडौंले भने अब फाइनल प्रवेशको लागि इलिमिनेटरको विजेतासंग दोस्रो क्वालिफायर खेल्नेछ । बुधबार हुने इलिमिनेटरमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगरबीच प्रतिस्पर्धा हुनेछ ।

टियु क्रिकेट मैदानमा रोमान्चक बनेको खेलमा काठमाडौंले दिएको १०९ रनको लक्ष्य ललितपुरले पुरै २० ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।

अन्तिम ओभरमा ललितपुरलाई जितका ९ रन आवश्यक रहेको अवस्थामा योगेन्द्र सिंह कार्कीले उत्कृष्ट ब्याटिङ गर्दै चार बलमा २, २ रन जोड्दै ललितपुरलाई जित दिलाए । प्लेयर अफ दि म्याच योगेन्द्र २८ रनमा अविजित रहे ।

यस्तै कुशल भुर्तेलले २९ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले २१ रन जोडे । पवन सर्राफ १९ रनमा आउट भए । काठमाडौंका प्रदिप साहुले ३ विकेट लिंदा केभिन ओ ब्राएन र रोहन मुस्तफाले २र२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०८ रन जोड्न सक्यो । काठमाडौंका लागि कप्तान रोहन मुस्तफाले सर्वाधिक ३२ रन जोडे । यस्तै सागर पुनले २९ रन जोड्दा सिदान्त लोहनी १६ रनमा आउट भए । काठमाडौंलाई सस्तैमा समेट्न ललितपुरका पवन सरार्फ र योगेन्द्र सिंह कार्कीले ३र३ विकेट लिए । सन्नी पटेलले २ विकेट लिए ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment