तेलको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर १ सय १०

तेलको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर १ सय १०

काठमाडौँ — तेलको मूल्य घट्यो, पेट्रोल प्रतिलिटर १ सय १० नेपाल आयल निगमले मंगलबार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।

आयल निगमको संचालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाउने निर्णय गरेको हो ।

अब प्रतिलिटर पेट्रोल एक सय १० र प्रतिलिटर डिजेल तथा मट्टितेल ९७ रुपैयाँमा खरिद गर्न सकिनेछ ।

निगमको यो निर्णय मध्यरातिबाट लागू हुने छ ।

भारतीय आयल निगमले पठाएको पछिल्लो खरिद मूल्यका आधारमा मूल्य समायोजना गरिएको निगमले जनाएको छ ।

हवाई इन्धन र एलपीजी ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment