मेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’ !

मेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’ !

पौष ५, काठमाडौं । मेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’ ! मेलम्ची खानेपानी आयोजनाको बाँकी काम स्वदेशी ठेकेदारलाई दिएर तत्काल पूरा गर्न विज्ञहरुले सुझाएका छन् ।

जनविद्युत आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम पूरा गर्न सक्ने बुझाइ उनीहरुको छ ।

पूर्वसचिव एवं आयोजनाका पूर्वप्रमुख सुमन शर्माले ‘हाइड्रो पावर’ को काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने बताए ।

‘ठेकेदार कम्पनी सीएमसीलाई दिनुपर्ने र उसबाट लिनुपर्ने मूल्यांकन गरेर अन्योल हटाउनुपर्छ,’ उनले भने, ‘अब टेन्डर प्रक्रिया लामो गर्नुहुन्न ।

छोटो प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई दिएर छिटो सम्पन्न गर्नुपर्छ ।’

आयोजनाका पूर्वकार्यकारी निर्देशक रामचन्द्र देवकोटाले ठेक्काबारे नयाँ प्रक्रिया अपनाउँदा करिब ६ महिना लाग्ने भएकाले मन्त्रिपरिषदले

तत्काल टुंग्याउनुपर्ने सुझाव दिए ।

आयोजनाका अर्का पूर्वकार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले स्वदेशी ठेकेदारलाई प्याकेजमा काम दिनुपर्ने बताए ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment