काठमाडौं । मन्त्रालयकाे तेल हालेर नगद खल्तीमा प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा ‘शुन्य सहनशीलता’को नारा दोहो¥याइरहेका छन् ।तर, उनी नेतृत्वका २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले इन्धनमा समेत भ्रष्टाचार गरिरहेका छन् ।
मन्त्रिपरिषद्का सदस्यहरुको परिश्रमिक सेवा सुविधासम्बन्धी ऐनअनुसार इन्धन
खर्च लिइरहेका उनीहले मन्त्रालय वा मातहतका कार्यालयबाट तेल हालिरहेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अधिकांश मन्त्रीले मन्त्रालयमा सचिवस्तरिय निर्णय गराएर एक सय ५० देखि तीन सय लिटरसम्म इन्धन लिने गरेको भेटिएको छ ।
केहीले आवश्यकताअनुसार भन्दै इन्धन लिने गरेका छन् ।
मन्त्रीका स्वकीय सचिवहरुले पनि गैरकानुनी रुपमा मन्त्रालयबाट गाडी,
इन्धनलागायतका सुविधा र स्वकीय सचिवालयका अन्य सदस्यहरुले मोटरसाइक र इन्धन लिने गरेका छन् ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्