अमेरिकी पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न

अमेरिकी पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न क्रिसमसको अवसरमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा उपहारकाे पाको बोकेर बालबालिकालाई भेट्न

अस्पताल पुगेका छन् । बुधबार बालबालिकालाई उपहार बाढ्न बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल अस्पतालमा पुगेका हुन् ।

सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर पुगेका ओबामाले बालबालिकालाई उपहार बाँडेका छन्। ओबामालाई यस्तो अवस्थामा देखेर अधिकांश व्यक्तिहरू आश्चर्यमा परे।

त्यसपछि उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचाएका छन् ।

अन्तराष्ट्रि सञ्चारमाध्यका अनुसार उनलेअस्पतालमा करिब डेढ घन्टा बिताएका थिए।

उनले अस्पतालमा बालबालिकासँगै चिकित्सक तथा नर्ससँगसमेत भलाकुसारी गरेका थिए।

आफ्ना बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिएका छन् ।

बालबालिकालाई दिने उपहारको पोको बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment