नेकपा स्थायी कमिटी बैठक आज पनि, आज ओलीले जवाफ दिने

नेकपा स्थायी कमिटी बैठक आज पनि, आज ओलीले जवाफ दिने

 

पौष १२, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक आज पनि, आज ओलीले जवाफ दिने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बिहीबार पनि बस्दैछ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । झन्डै दुई हप्तादेखि जारी अध्यक्ष ओलीले जवाफ दिएसँगै आजै सक्ने तयारी भएको छ ।

बुधबारै दुवै अध्यक्षले सम्बोधन गर्ने भनिए पनि संसद् बैठक भएकाले पार्टी बैठक छोट्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा सदस्यहरुले धारणा राख्ने क्रममा विधानको प्रस्तावनाबाट कम्युनिस्ट पार्टीको अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद राखेर साम्यवाद

हटाइएको विषय, दोहोरो जिम्मेवारी खारेज, भ्रष्टाचारविरोधी अभियान, पार्टी सञ्चालन पद्धति र सरकार सञ्चालनमा स्वामित्वलगायतका विषयमा प्रश्न उठाएका छन् ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment