काठमाडौं – ११ बर्षपछि प्रहरी चौकी बाट सार्वजनिक भईन बिष्णु माझि चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङजामा उपस्थित भइन् ।
प्रहरीले खोजी गरेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट आउनुका साथै प्रहरीले सम्पर्क गरेसँगै गायिका माझी आफ्ना श्रीमान सुन्दरमणि अधिकारीसहित प्रहरी कार्यालयमा आइतबार मध्यान्हमा पुगेकी हुन् ।
लोक गायिक माझी बेखवर रहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएसँगै प्रमुख जिल्ला
अधिकारी कोशहरि निरौलाको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन् ।
एसपी लम्सालले आफूले माझीका श्रीमान् सुन्दरमणिलाई बिहीबार फोन गरेर विष्णु माझी आफै आउने वा तपाईंले ल्याउने भनेपछि सुन्दरमणि
झस्केकाे बताउनु भयाे । लम्सालले सुन्दरमणिलाई यदि उनले नल्याए प्रहरीले ल्याउनु पर्ने अवस्था आउने भनेर कडा रुपमा प्रस्तुत हुनुपरेकाे
पनि जानकारी दिनुभयाे । ११ बर्षपछि प्रहरी चौकी बाट सार्वजनिक भईन बिष्णु माझि, चौकीमै रुवाबासी, किन मुख छोपेर हिँड्छिन् माझी ?…हेर्नुहोस् भिडियो…