‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं’

'रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं'

काठमाडौँ — ‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं’ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिउँदे अधिवेशनको संसद बैठकलाई सम्बोधन गर्दै आफ्नो सरकारले १० महिनामा हासिल गरेका उपलब्धीहरु सांसदलाई सुनाएका छन् ।

बैठकलाई सम्बोधन गर्ने क्रममा, सुरुमै उनले संसदमा उठेका रंगविरंगी प्रश्नहरुको जवाफ दिनुभन्दा यस आर्थिक वर्षका बजेट र नीति तथा

कार्यक्रमका कार्यान्वयनका स्थितिबारे जानकारी दिने बताएका थिए ।

उनले सरकार भेटिएन भनेर सबैतिर आलोचना भइरहेकाले आफूले सरकारले गरेका केही कामहरुका बारे जानकारी दिएको बताएका थिए ।

रेल र पानी जाहज संचालनका विषयलाई लिएर आफूलाई धेरैले सामाजिक सञ्जालमा प्रश्न गरेको बताउँदै उनले रेल र

पानी जाहज चढ्नका लागि केही धैर्य गर्न आग्रह गरेका थिए । ‘रेल नि आउँछ पानी जहाज नि आउँछ । टिकट काट्न केही समय धैर्य गरौं,’ उनले भने ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment