मुस्ताङमा हिमपात सुरु, तापक्रम माइनस १६ डिग्री

मुस्ताङमा हिमपात सुरु, तापक्रम माइनस १६ डिग्री

जोमसोम । मुस्ताङमा हिमपात सुरु, तापक्रम माइनस १६ डिग्री पश्चिमी वायुको प्रभावले हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात सुरु भएको छ । आइतबार साँझदेखि यो वर्षमा पहिलो पटक हिउँ परेको हो ।

स्थानीयको अनुसार सामान्यतः कार्तिक महिनापछि मुस्ताङमा चिसो बढ्न सुरु हुन्छ । मङ्सिर, पुस र माघमा हिउँ पर्छ।

मुस्ताङ जिल्लाको तल्लो भेग मानिने थासाङ गाउँपालिकादेखि माथिल्लो मुस्ताङसम्म हिउँ परिरहेको जिल्ला

प्रहरी कार्यालयले जानकारी दिए । तल्लो भेगको तुलनामा माथिल्लो भेगमा बढी हिउँ परेको प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए ।

आइतबार रातिदेखि परेको हिमपातले हिमाली जिल्ला मुस्ताङकाे जनजीवन प्रभावित बन्दै गएको छ ।

हिउँले जनजीवन कष्टकर बनेपछि चिसोबाट जोगिन सर्वसाधरलाई सचेत समेत गराएका छन् ।
हिउँ परेपछि हिउँदे बालीलाई प्रत्यक्ष प्रभाव पारेको छ । हिउँदयाममा खेती हुने उवा र जौको सिचाईंको लागि हिमपात नै भर पर्ने अवस्थामा छ

। स्याउ टिपेर हाँगा–पात काँटछाँट गरेपछिको सिँचाइको माध्यम पनि हिमपात नै हो । पानी कम पर्ने जिल्ला भएकाले हिमपातले

कृषकहरूलाई राहत मिलेको स्याउ जोम मुस्ताङका कृषि अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए ।

हिउँदको समयमा मुस्ताङ सुनसान नै हुने गर्दछ । हिउँदयाममा जाडो छल्न र व्यापारका लागि सर्वसाधरणहरु विभिन्न स्थानमा जाने गर्दछन् । पर्यटक पनि कम मात्रा भित्रिने हुँदा अधिकांश होटलहरुपनि बन्द रहेका छन् । उपल्लो मुस्ताङका विद्यालयहरू जाडोकै कारण पोखराका विभिन्न स्थानमा घुम्ती विद्यालय सञ्चालन गरिरहेका छन् ।

हिमपातपछि भने कृषक तथा होटेल व्यवसायीलागि राहत मिलेको प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार जाडो छल्न र व्यापारका अन्यत्र जानेहरुपनि अब बिस्तारै मुस्ताङ फर्किने क्रम सुरु हुन्छ ।

हिउँ खेल्न पर्यटकहरू भित्रिने हुँदा होटेल व्यवासायीहरुमा पनि उत्साह बढेको उनको भनाई छ ।

हिमपात भए पनि अघिल्लो वर्षहरूमा जस्तो हिमपात नभएको स्थानीयले बताएका छन् ।

‘जोमसोम मै २–३ फिट जम्ने गरी हिउँ पथ्र्यो’, स्थानीय कृष्ण मोहन नेपाली भन्छन्–‘अहिले त्यसरी हिउँ परेन’ ।०७१ सालदेखि गतिलो हिउँ परेकै छैन ।’
मुस्ताङमा सदरमुकाम जोमसोमदेखि नजिकैको आकर्षक पर्यटक गन्तव्य ढुम्बा तालमा पनि पर्यटक न्यून रहेको त्यहाँका स्थानीयहरूले बताए । तालको पानी जमेर बरफ भएको छ ।

हिउँ परेको कारण अब पर्यटकको सङ्ख्या बढ्ने उनीहरूको आशा छ ।

जलवायु परिर्वतनले मुस्ताङलाई पनि असर पारिरहेको छ ।

पछिल्लो समय तल्लो मुस्ताङका थासाङ क्षेत्रमा स्याउ खेती हुन छाडेको छ ।

आइतबारदेखि मौसम बदली भई चिसो अत्यधिक बढेको छ ।

सोमबार यहाँको अधिक्तम –६ र न्यूनतम –१६ डिग्री सेल्सियस तापक्रम रहेको छ ।
निलगिरी, धौलागिरी लगायतका हिमाल हिउँ परेपछि सेताम्मे बनेका छन् ।

केही ठाउँमा रोकिए पनि अधिकांश स्थानमा अझै हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment