रेडपाण्डाको छालासहित दुईजना पक्राउ

रेडपाण्डाको छालासहित दुईजना पक्राउ

पौष २३, जाजरकोट । जाजरकोट – रेडपाण्डाको छालासहित दुईजना पक्राउ रेडपाण्डाको छालासहित जाजरकोटका दुई युवा प्रक्राउ परेका छन् ।

नलगाड नगरपालिका – ५ कालिमाटीका २५ वर्षीय गणेश सुनार र त्यही ठाँउका २५ वर्षीय युवराज विकलाई जिल्ला प्रहरी कार्यालयको

नियमित गस्ती टोलीले आइतबार पक्राउ गरेको हो ।

सदरमुकाम खलंगा बजारमा जाँच गर्ने क्रममा रेडपाण्डाको छालासहित दुईजना पक्राउ परेको जाजरकोटका प्रहरी निरीक्षक लोक बहादुर

विष्टले जानकारी दिनुभयो । प्रहरीले प्रक्राउ परेका दुईजनालाई नै जिल्ला वन कार्यालयको जिम्मा लगाएको जनाएको छ ।

 

वन कार्यालयले दूर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका अंगहरु गैरकानूनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको

साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दूर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत

रेडपाण्डा ९हाब्रे० को छालाको व्यापार गर्ने कार्यमा संलग्न दुईजनाविरुद्ध मुद्धा चलाउने तयारी गरेको छ ।

 

आवश्यक अनुसन्धानका लागि वन कार्यालयले सहायक वन अधिकृत पूर्ण प्र्रसाद ढकाललाई अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अघि

बढाएको जिल्ला वन अधिकृत मन्जुर अहमतले जानकारी दिए।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment