मुलुकभरको मौसम बदली हुँदा हलुका वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

मुलुकभरको मौसम बदली हुँदा हलुका वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

काठमाडौं । मुलुकभरको मौसम बदली हुँदा हलुका वर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात मुलुकभरको मौसम बदली हुँदा कतिपय स्थानमा हलुका वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौ उपत्यका लगायत देशका केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली

भेगमा हिमपात भएको हो । त्यस्तै हुम्ला–जुम्ला लगायतका स्थानमा पनि हिमपात भएको छ । मौसम पूर्वामनुमान महाशाखाका अनुसार

देशैभरको मौसम बदली हुनेछ भने काठमाडौंसहित मध्य भागमा पानी पर्ने सम्भवना छ । त्यस्तै आज राति देशको पश्चिमी भुभागमा आंशिक

बदली तथा मध्य र पुर्वी
भुभागमा सामान्य बदली रही मध्य र पूर्वी भागमा हल्का पानी पर्ने पूर्वानुमान माहाशाखाको छ ।

मंगलबारदेखि भने पश्चिमी वायुको प्रभाव नेपालको पश्चिमी भेगबाट बाहिरिने भएकाले मौसममा सुधार आउने विभागले जनाएको छ ।

मौसमविद् कँडेलका अनुसार मंगलबारबाट मौसम सफा हुनेछ ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment