बलेवा, २३ पुस – कोरियाबाट फर्केर बाख्रा पालनबाट लाखौ आम्दानी गर्छन भीमप्रसाद पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन
काट्ने सपना देख्नुभएको थियो । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उहाँ कोरिया पुग्नुभयो । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किनु भयो ।
कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किनुभयो ।
उहाँले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाल्नुभयो ।
आधुनिक खोर बनाएर बाख्रापालन गर्दै आउनुभएका आचार्यसँग २८ स्थानीय खरी जातका बाख्रा छन् ।
उहाँले १० बाख्रबाट बाख्रापालन थाल्नुभएको हो ।
व्यावसायिक रुपमा बाख्रापालन गर्दैआउनुभएका आचार्यले खोर बनाउँदा र बाख्रा किन्दा झण्डै रु तीन लाख खर्चिनुभएको थियो ।
‘नागढुङ्गा बाख्रा फार्म’का सञ्चालक उहाँले कुखुरापालनसँगै तरकारीखेती गर्दै आउनुभएको छ ।
“बाख्राको मल हालेर तरकारीखेती गरिरहेको छु,” उहाँले भन्नुभयो । ब्रोइलर कुखुराको अण्डा आचार्यले स्थानीय बजारमा बिक्री गरेर पर्याप्त
अम्दानी गर्दै आउनुभएको छ । “महीनैपिच्छे आम्दानी हुने भए पछि कुखरापालन र तरकारीखेतीसमेत गरिरहेको छु,” उहाँले भन्नुभयो ।
अहिले आचार्यको खोरमा रहेका बाख्रा र कुखुराले उहाँलाई कोरियाको झल्को मेटाएको छ ।
महीनामा खर्च कटाएर रु ३० हजार आम्दानी हुन्छ । उहाँको काममा श्रीमती हेमाले सहयोग गर्दै आउनुभएको छ् ।
आचार्यले आधुनिक मिनीटेलर हलोको प्रयोग गरी खेती गर्नुहुन्छ । पाँच मुरी कोदो फल्ने बारीमा केराका बिरुवा हुर्किँदै छन् ।
“झण्डै दुई सय केराको बिरुवा लगाएको छु,” उहाँले भन्नुभयोे, “दुई वर्षमा रु १५ लाखको केरा बेच्ने योजना छ ।
” लगानी गरेर तत्काल फाइदा खोज्ने प्रवृत्तिका कारण नेपालमा मेहनत गर्नेको सङ्ख्यामा कमी आएको उहाँ बताउनुहुन्छ ।
समयअनुसारको आयमूलक खेती गर्ना आचार्यले सुझाव दिनुभयो ।